बैशाख ३१, शनिबार २०७९
बैतडी -बैतडीको शिवनाथ गाउँपालिका वडा न। २मा नेकपा९एमाले०का बिरेन्द्र सिंह साउद प्यानल सहित वडाअध्यक्षमा विजयी भएकाछन् ।
साउदले ७सय ७४ मत ल्याई जित हासिल गर्दा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका कृष्णसिंह साउदले ७सय ३२ मत प्राप्त गरेका छन् ।
शिवनाथ २का सदस्यहरुमा पनि नेकपा९एमाले०कै उम्मेदवार विजयी भएको त्यहाँबाट पत्रकार गम्भीर दयालले बताए ।
शिवनाथमा गाउँपालिका अध्यक्ष÷उपाध्यक्षमा तिव्र प्रतिस्प्रर्धा भैरहेको छ । जहाँ गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कर्णसिंह साउदले १हजार ३सय ३३ मत प्राप्त गरी अग्र स्थानमा देखिएका छन् भने, उनलाई एमालेका हजारी साउदले १हजार ३सय २४ मत ल्याई पछ्याइए रहेकाछन् ।
उपाध्यक्षमा भने नेकपा ९एमाले०का सकुन्तला साउद ले अग्रता लिएकी छन् । उनले १हजार २सय ३९ मत प्राप्त गर्दा गठबन्धनका तर्फबाट माओवादीका नरेन्द्र सिंह साउदले १हजार १सय ११मत ल्याएका छन् ।
शिवनाथमा अहिले मतगणना स्थगीत गरिएको छ भने राती १०बजेबाट मतगणना हुने बताइएको छ ।