बैतडीको मेलौलीमा एमालेको विजयी सुरुवात, वडा नं १ मा प्यानल सहित विजयी


बैशाख ३१, शनिबार २०७९

बैतडी- बैतडीको मेलौली नगरपालिका वडा न.१मा नेकपा एमाले का सरदसिंह नेगी प्यानल सहित विजयी भएका छन् । उनले ५सय २२ मत प्राप्त गरि विजयी हुदाँ उनका निकटतम् प्रतिद्धन्दी नेपाली काग्रेसमा उम्मेदवारले ४४२ मत ल्याएका छन् ।

मेलौलीको मेयरमा एमालेले अग्रता कायमै राखेको छ । मेयरमा जगदीशसिंह नायकले ८सय १५मत प्राप्त गरेकाछन् भने, नेपाली काग्रेसका प्रेम बहादुर चन्दले ३ सय ४७ मत पाएका छन् ।

यसैगरी उपमेयरमा एमालेका हेमन्ती नायकले ६ सय २३ मत ल्याउदा काग्रेसका उम्दवारले ३सय ९६ मत ल्याएका छन् । माओवादी केन्द्रका मेयरका उम्मेदवार भिमबहादुर चन्दले २सय ८४मत ल्याउदाँ माओवादीबाट उप मेयरका उम्मेदवारले ३सय २१ मत ल्याएकाछन् ।

Leave A Reply

Your email address will not be published.