जेठ १, आइतबार २०७९
बैतडी- बैतडीको शिवनाथ गाउँपालिका वडा नं ३ मा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । काँग्रेसका केशब कलौनी ३सय ६१ मत ल्याएर प्यानल सहित अध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै वडा सदस्यमा सुर्मा साउँद, बमिला पार्की,कृष्ण साउँद र लक्ष्मण साउँद विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार कलौनीका प्रतिद्वन्धी चन्द्र साउँदले २ सय ६१ मत ल्याएका छन् ।