सिगास –७ को अध्यक्षमा कांग्रेसका साउँद विजयी

जेठ १, आइतबार २०७९

बैतडी –बैतडीको सिगास गाउँपालिका वडा नं ७ को वडा अध्यक्षमा नेपाली कांग्रेसका कर्णबहादुर साउँद विजयी भएका छन् । उनले २६७ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिस्पर्धी एमालेका कृष्णकुमार अवस्थीले १७१ मत ल्याए ।

वडा सदस्यमा भने दुई जना नेपाली कांग्रेस र दुई जना एमालेबाट निर्वाचित भएका छन् । सिगास गाउँपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । अध्यक्ष र उपाध्यक्ष दुवै पदमा कांग्रेसले अग्रता कायम राखेको हो ।

Leave A Reply

Your email address will not be published.