जेठ १, आइतबार २०७९
बैतडी -बैतडीको शिवनाथ गाउँपालिका वडा नं ५ मा नेपाली काँग्रेसका केशब बहादुर चन्द विजयी भएका छन् ।चन्द ५ सय १७ मत ल्याएर प्यानल सहित वडा अध्यक्ष पदमा विजयी भएका हुन् ।
नेकपा एमालेका पमद बहादुर चन्दा पराजित गर्दै उनी वडामा निर्वाचित भएका छन् । एमालेका उम्मेदवार चन्दले ४ सय ५८ मत प्राप्त गरेका छन् । यस्तै वडा सदस्यमा पनि सबै जना काँग्रेसबाट विजयी भएका बताइएको छ ।