शिवनाथको अध्यक्षमा कांग्रेसका साउद, उपाध्यक्षमा एमालेकी साउद विजयी

मेलौली न्यूज
जेठ ०१ आईतबार,२०७९

बैतडी-बैतडीको शिवनाथ गाउँपालिकामा नेपाली कांग्रेसका कर्णसिंह साउँद विजयी भएका छन् । उनले ३ हजार १६५ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम् प्रतिस्पर्धी एमालेका हजारी साउँदले २ हजार ८४९ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्ष पदमा एमालेकी शकुन्तला साउँद विजयी भएकी छिन् । उनले २ हजार ८१७ मत प्राप्त गरिन भने उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नरेन्द्र साउँदले मत २ हजार ६७९ प्राप्त गरे ।

शिवनाथमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरेको भएपनि पालिका उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार नरेन्द्र साउँद पराजित भएका छन् ।

अध्यक्षमा निर्बाचित भएका साउद गएको स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसबाटै पालिका अध्यक्षमा विजयी भएका हुन ।

यस्तै शिवनाथ १ मा कांग्रेसका बल्देवसिंह चाड, वडा नं २ मा एमालेका सुरेन्द्र साउँद, वडा नं ३ मा कांग्रेसका केशव कलौनी, वडा नं ४ मा एमालेका धनबहादुर महता, वडा नं ५ मा कांग्रेसका केशवबहादुर चन्द र वडा नं ६ मा नेकपा माओवादी केन्द्रका भरतराम पार्की विजयी भएका शिवनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले बताए ।

sagun khabar online

Leave A Reply

Your email address will not be published.