मेलौली नगरपालीका–०६ मा नेकपा माओबादी केन्द्रका भट्ट प्यानल सहित बिजयी

मेलौली न्यूज
जेठ ०२ सोमबार,२०७९

बैतडी–मेलौली नगरपालिका–०६ मा नेकपा माओबादी केन्द्रका तारा दत्त भट्ट प्यानल सहित वडा अध्यक्ष पदमा बिजयी भएका छन् । २९३ मत प्राप्त गरेर उनि वडा अध्यक्षमा निर्बाचित भएका हुन ।

उनका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्ण दत्त भट्टलाई ७६ मतले पराजित गर्दै भट्ट वडा अध्यक्षमा निर्वाचित भएका हुन् । पराजित भट्टले २१७ मत प्राप्त गरेका हुन । दोस्रो प्रतिस्पर्धीका रुपमा रहेका नेपालीका काग्रेसका लक्ष्मण पोखरेलले १२७ मत प्राप्त गरेका हुन।

मेलौली नगरपालीका वडा न ६ मा जम्मा मत ७९६ मत खसेका थिए ।

Leave A Reply

Your email address will not be published.