दिपक राज दिर्घायु
जेठ ०२ सोमबार,२०७९
बैतडी–मेलौली नगरपालीकाको ६ ओटा वडाको मत गणना सम्पन्न भएको छ । ६ ओटा वडाको मत गणना सम्पन्न हुदाको अवस्थामा नेपाली काग्रेसले वडामा अग्रता कायम गरेको छ । यसैगरि दोस्रो नम्बरमा नेकपा माओबादी केन्द्र र तेस्रो नम्बर नेकपा एमाले रहेका छ ।
मेलौली नगरपालीका–०१ मा नेकपा एमालेका सरद सिंह नेगी प्यानल सहित विजयी भएका छन् । उनले ५ सय २२ मत प्राप्त गरि विजयी हुदाँ उनका निकटतम् प्रतिस्पर्धी नेपाली काग्रेसका उम्मेदवारले ४४२ मत मात्र ल्याएका हुन।
यसैगरि वडा नं २ मा नेपाली कांग्रेसका कृष्ण दत्त भट्ट विजयी भएका छन् । उनी ४०३ मत सहित वडा अध्यक्षमा विजयी भएका हुन् । उनका निकटम् प्रतिस्पर्धी माओवादी केन्द्रका खेमराज भट्टले २४६ मत ल्याएका छन ।
सो वडाको सदस्यहरुमा पनि नेपाली कांग्रेसकै उम्मेदवारहरु विजयी भएका छन् ।
यसैगरि वडा न–०३ मा नेपाली कँंग्रेसका गगन सिंह भाट वडा अध्यक्षमा बिजयी भएका छन् । ४०१ मत प्राप्त गरेर उनि वडा अध्यक्षमा निर्बाचित भएका हुन ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका नेता एवं निवर्तमान वडा अध्यक्ष रघुबीर सिंह भाटलाइ ५३ मतले पराजित गर्दै वडा उनि वडा अध्यक्षमा निर्वाचित भएका हुन्।
भाटले ३४८ मात्र मत ल्याएका छन् । एक महिला वडा सदस्य बाहेक सबै कांग्रेसका पदाधिकारी नै विजयी भएका हुन ।
यसैगरि वडा न–०४ को वडा अध्यक्षमा नेकपा माओबादि केन्दका हर्क चन्द बिजयी भएका छन । २२३ मत प्राप्त गरेर उनि वडा अध्यक्षमा निर्बाचित भएका हुन ।
उनका निकटतम् प्रतिस्पर्धी नेपाली काग्रेसका तारा चन्दले १५२ मत प्राप्त गरेका छन भने नेकपा एमालेका मोहन चन्दले १७४ मत मात्र प्राप्त गरेका छन । बिजयी भएका चन्द २०७४ सालको निर्बाचनमा पनि वडा अध्यक्षमा निर्बाचित भएका थिए । मेलौली नगरपालीका–०४ मा जम्मा ५७४ मत खसेको थियो ।
यसैगरि वडा न–०५ मा नेपाली कांग्रेसका भरत सिह पुजारा वडा अध्यक्षमा बिजयी भएका छन् । ४३१ मत प्राप्त गरेर उनि वडा अध्यक्षमा निर्बाचित भएका हुन ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका नेता एवं निवर्तमान वडा अध्यक्ष बलभद्र दयाललाई २८ मतले पराजित गर्दै पुजारा वडा अध्यक्षमा निर्वाचित भएका हुन् । पराजित दयालले ४०३ मत प्राप्त गरेका हुन ।
मेलौली नगरपालीका वडा न ५ मा जम्मा मत ९२७ मत खसेका थिए ।
यसैगरि वडा न–०६ मा नेकपा माओबादी केन्द्रका तारा दत्त भट्ट प्यानल सहित वडा अध्यक्षमा बिजयी भएका छन् । २९३ मत प्राप्त गरेर उनि वडा अध्यक्षमा निर्बाचित भएका हुन ।
उनका निकटतम् प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्ण दत्त भट्टलाई ७६ मतले पराजित गर्दै भट्ट वडा अध्यक्षमा निर्वाचित भएका हुन् । पराजित भट्टले २१७ मत प्राप्त गरेका हुन । दोस्रो प्रतिस्पर्धीका रुपमा रहेको नेपालीका काग्रेसका लक्ष्मण पोखरेलले १२७ मत प्राप्त गरेका हुन।
मेलौली नगरपालीका वडा न ६ मा जम्मा मत ७९६ मत खसेका थिए ।
यो समाचार तयार पार्दा सम्म मेलौली नगरपालीकाको नगर प्रमुख पदमा नेकपा माओबादी केन्द्र अग्र स्थानमा रहेको छ । नगर उप–प्रमुखमा नेपाली काग्रेसले अग्रता कायम गरेको छ।