भलिबलका प्रदेश रेफ्रि चन्द नेपाली काँग्रेसबाट वडा सदस्यमा निर्बाचित

दिपक राज दिर्घायु
जेठ ०२ सोमबार,२०७९

बैतडी–भलिबलका सुदूरपश्चिम प्रदेश रेफ्रि प्रेम चन्द नेपाली काँग्रेसबाट मेलौली नगरपालीका वडा न ५ मा खुल्ला वडा सदस्य पदमा निर्बाचित भएका छन । ४०६ मत प्राप्त गरेर उनि वडा सदस्यमा निर्बाचित भएका हुन ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारलाई ८९ मतले र नेकपा माओबादी केन्द्रका उम्मेदवारलाई ३८४ मतले पराजित गर्दै खुल्ला वडा सदस्यमा निर्बाचित भएका हुन ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले ३१७ मत र नेकपा माओबादी केन्द्रका उम्मेदवारले २२ मत मात्र प्राप्त गरेका छन ।

बिगत पहिले देखि नै समाज सेवामा र खेल जगतमा महत्वपुर्ण योगदान दिदै आएका चन्द भारि मतका साथ बिजयी भएका हुन । अब सक्रिय राजनितिमा आईसकेपछि युवाहरुको नेतृत्व र खेल जगतको क्षेत्रमा बिशेष काम गर्ने उनले बताएका छन ।

युवाहरुको नेतृत्व र खेल जगतको क्षेत्रमा बिशेष काम गर्दै जनतामुखि जनप्रतिनिधि बन्ने उनले प्रतिबद्धता ब्यक्त गरेका छन ।

मेलौली नगरपालीका वडा न ५ मा वडा अध्यक्ष पदमा नेपाली काँग्रेसका भरत सिह पुजारा निर्बाचित भएका हुन । ४३१ मत प्राप्त गरेर उनि वडा अध्यक्षमा निर्बाचित भएका हुन ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका नेता एवं निवर्तमान वडा अध्यक्ष बलभद्र दयाललाई २८ मतले पराजित गर्दै पुजारा वडा अध्यक्षमा निर्वाचित भएका हुन् । पराजित दयालले ४०३ मत प्राप्त गरेका हुन ।

मेलौली नगरपालीका वडा न ५ मा जम्मा मत ९२७ मत खसेका थिए । निर्बाचित खुल्ला वडा सदस्य चन्द नेबिसघं बैैतडी जिल्ला सदस्य समेत रहेका छन ।

Leave A Reply

Your email address will not be published.