२०७४ सालमा चुनिएका जनप्रतिनिधिको कार्यकाल आज सकिँदै


जेठ ५, बिहिबार २०७९

काठमाण्डौ -२०७४ सालमा ७५३ पालिकामा चुनिएका जनप्रतिनिधिको कार्यकाल आज सकिँदैछ । पालिकामा नयाँ जनप्रतिनिधि चुन्न गएको वैशाख ३० गते चुनाव भएको थियो । तर मतगणनामा ढिलाइ हुँदा सबै पालिकाको मतपरिणाम सार्वजनिक हुन सकेको छैन ।

पालिकामा भोलिसम्ममा सबै जनप्रतिनिधिले शपथ लिइसक्ने अवस्था छैन । शपथ नलिएसम्म नयाँ जनप्रतिनिधिले कार्यभार सम्हाल्न पाउने छैनन् । नयाँ जनप्रतिनिधिले शपथ नलिएसम्म पालिका जनप्रतिनिधिविहीन हुनेछन् । जनप्रतिनिधिले शपथ नलिएसम्म कर्मचारीबाट प्रशासनिक काम हुने भएकाले खासै समस्या नपर्ने निर्वाचन आयोगले जनाएको छ ।

बजेटका काम तथा एजेन्डा प्रस्तुत गर्ने कतिपयमा केही समस्या पर्न सक्ने निर्वाचन आयोगका सह–प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो ।

७५३ पालिकामा मेयररअध्यक्ष ७५३ तथा उपमेयररउपाध्यक्ष गरी ७५३ जना, ६ हजार ७४३ वडाध्यक्ष, ६ हजार ७४३ महिला सदस्य, ६ हजार ७४३ दलित महिला सदस्य र १३ हजार ४८६ जना खुला वडा सदस्य गरी ३५ हजार २२१ जना जनप्रतिनिधि रहने व्यवस्था छ ।

देशभर ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६ हजार ७४३ वडा रहेका छन् ।

उज्यालो अनलाईनबाट

Leave A Reply

Your email address will not be published.