मेलौली न्यूज
जेठ ०९ सोमबार,२०७९
बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष गोरख बहादुर चन्द र उपाध्यक्ष बिना भट्टले पदभार ग्रहण गरेका छन् ।
सोमबार एक कार्यक्रमकाबीच पदभार ग्रहण गरेको हाम्रा सम्बांदाता नरेन्द्र चन्दले बताए । पदभार ग्रहण गर्दै अध्यक्ष उपाध्यक्षले गएको ५ बर्षमा आफूहरुले पञ्चेश्वरमा राम्रो काम गरेकै कारण नागरिकहरुले दोश्रो पटक पनि चुनेकाले आम नागरिकहरुकै बीचमा रहेर काम गर्ने बताए ।
यसैगरि पञ्चेश्वर गाउपालीकाका सम्पूर्ण वडाका वडा अध्यक्ष र सदस्य हरुलेपनि पदभार ग्रहण गरेका छन । जनताको जनचाहाना अनुसार काम गर्ने प्रतिबद्धता सहित सम्पूर्ण वडाका वडा अध्यक्ष र सदस्य हरुले पदभार ग्रहण गरेको सम्बांदाता चन्दले बताए ।


