मेलौली–०१ का नबनिर्बाचित वडा अध्यक्ष नेगिद्धारा पदभार ग्रहण

दिपक राज दिर्घायु
जेठ १० मगंलबार,२०७९

बैतडी–मेलौली नगरपालीका वडा न १ का नवनिर्वाचित वडा अध्यक्ष शरद सिह नेगिले पदभार ग्रहण गरेका छन् । निबर्तमान वडा अध्यक्ष सुरत सिह नेगिको बिदाई पश्चात उनले पदभार ग्रहण गरेका हुन ।

मगंलबार वडा कार्यालयमा एक कार्यक्रमका बीच उनले पदभार ग्रहण गरेको हुन । पदभार ग्रहण गर्दै वडा अध्यक्ष नेगिले वडा न १ लाई नमुना वडा बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन ।

आफ्नो ५ बर्षे कार्यकालमा जनताको जनचाहाना अनुसार काम गर्ने र वडा भित्रका आवश्यक कुराहरुलाई पहिलो प्राथिमिकता दिई पुरा गर्ने बताएका छन ।

बैसाख ३० गते सम्पन्न निर्बाचनमा नेपाली काग्रेसका नरेश सिह बिष्टलाई थोरै मतान्तरले पराजित गर्दै उनि वडा अध्यक्ष पदमा निर्बाचित भएका थिए ।

Leave A Reply

Your email address will not be published.