मेलौली–०८ का नबनिर्बाचित वडा अध्यक्ष बिष्टद्धारा पदभार ग्रहण

दिपक राज दिर्घायु
जेठ १० मगंलबार,२०७९

बैतडी–मेलौली नगरपालीका वडा न ८ कोटिगाउका नवनिर्वाचित वडा अध्यक्ष तपेन्द्र सिह बिष्टले पदभार ग्रहण गरेका छन् । निबर्तमान वडा अध्यक्ष पदम सिह ठगुन्नाको बिदाई पश्चात उनले पदभार ग्रहण गरेका हुन ।

मगंलबार वडा कार्यालयमा एक कार्यक्रमका बीच उनले पदभार ग्रहण गरेको हुन । पदभार ग्रहण गर्दै वडा अध्यक्ष बिष्टले वडा न ८ लाई सम्बृद्ध कोटिगाउ बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन ।

आफ्नो ५ बर्षे कार्यकालमा जनताको बिचमा बोलिएका सबै बाचाहरु पूरा गर्ने बताएका छन । शासकत्वलाई परास्त गरेर सेवकत्व स्थापित गर्न तल्लिन रहि जनताको जनचाहाना अनुसार काम गर्ने बताए । वडा भित्रका आवश्यक कुराहरुलाई पहिलो प्राथिमिकतामा राखि पुरा गर्ने उनको भनाई रहेको थियो ।

बैसाख ३० गते सम्पन्न स्थानिय तहको निर्बाचनमा नेपाली काग्रेसका शम्भु सिह बिष्टलाई ८० मतले पराजित गर्दै उनि वडा अध्यक्ष पदमा निर्बाचित भएका थिए ।

Leave A Reply

Your email address will not be published.