दिपक राज दिर्घायु
जेठ १० मगंलबार,२०७९
बैतडी–मेलौली नगरपालीका वडा न ७ का नवनिर्वाचित वडा अध्यक्ष रामचन्द्र भट्टले पदभार ग्रहण गरेका छन् । निबर्तमान वडा अध्यक्ष राजेन्द्र सिह कार्किको बिदाई पश्चात उनले पदभार ग्रहण गरेका हुन ।
मगंलबार वडा कार्यालयमा एक कार्यक्रमका बीच उनले पदभार ग्रहण गरेको हुन । पदभार ग्रहण गर्दै वडा अध्यक्ष भट्टले आफ्नो ५ बर्षे कार्यकालमा जनताको जनचाहाना अनुसार काम गर्ने र वडा भित्रका आवश्यक कुराहरुलाई पहिलो प्राथिमिकता दिई पुरा गर्ने बताए ।
बैसाख ३० गते सम्पन्न स्थानिय तहको निर्बाचनमा नेपाली काग्रेसका केशब चन्दलाई ३७ मतले पराजित गर्दै उनि वडा अध्यक्ष पदमा निर्बाचित भएका थिए ।