मेलौली–०९ का नबनिर्बाचित वडा अध्यक्ष भट्टद्धारा पदभार ग्रहण

मेलौली न्यूज
जेठ ११ बुधबार,२०७९

बैतडी–मेलौली नगरपालीका वडा न ९ का नवनिर्वाचित वडा अध्यक्ष लोकराज भट्टले पदभार ग्रहण गरेका छन् । निबर्तमान वडा अध्यक्ष नारद दत्त भट्टको बिदाई पश्चात उनले पदभार ग्रहण गरेका हुन ।

मगंलबार वडा कार्यालयमा एक कार्यक्रमका बीच उनले पदभार ग्रहण गरेको हुन । पदभार ग्रहण गर्दै वडा अध्यक्ष भट्टले आफ्नो ५ बर्षे कार्यकालमा जनताको जनचाहाना अनुसार काम गर्ने र वडा भित्रका आवश्यक कुराहरुलाई पहिलो प्राथिमिकता दिई पुरा गर्ने बताएका हुन ।

बैसाख ३० गते सम्पन्न स्थानिय तहको निर्बाचनमा नेकपा एमालेका भिमराज भट्टलाई १६ मतले पराजित गर्दै उनि वडा अध्यक्ष पदमा निर्बाचित भएका थिए ।

Leave A Reply

Your email address will not be published.