मेलौली–०६ का नबनिर्बाचित वडा अध्यक्ष भट्टले गरे पदभार ग्रहण

दिपक राज दिर्घायु
जेठ १२ बिहीबार,२०७९

बैतडी–मेलौली नगरपालीका वडा न ६ हत्तरगांका नवनिर्वाचित वडा अध्यक्ष तारा दत्त भट्टले पदभार ग्रहण गरेका छन् । निबर्तमान वडा अध्यक्ष प्रमानन्द भट्टको बिदाई पश्चात उनले पदभार ग्रहण गरेका हुन ।

मगंलबार वडा कार्यालयमा एक कार्यक्रमका बीच उनले पदभार ग्रहण गरेको हुन । पदभार ग्रहण गर्दै वडा अध्यक्ष भट्टले सम्बृद्ध वडा बनाउने प्रतिबद्धता ब्यक्त गरेका छन ।

आफ्नो ५ बर्षे कार्यकालमा जनताहरुका बिचमा बोलिएका सबै बाचाहरु पूरा गर्ने बताएका छन । वडा भित्रका आवश्यक कुराहरुलाई पहिलो प्राथिमिकतामा राखि पुरा गर्ने उनको भनाई रहेको थियो ।

बैसाख ३० गते सम्पन्न स्थानिय तहको निर्बाचनमा स्वतन्त्र उम्मेदवार कृष्ण दत्त भट्टलाई ७६ मतले पराजित गर्दै उनि नेकपा माओबादी केन्द्रबाट प्यानल सहित वडा अध्यक्ष पदमा निर्बाचित भएका थिए ।

Leave A Reply

Your email address will not be published.