बैतडीमा सबैभन्दा बढी मत बदर शिवनाथमा, कम मेलौलीमा


जेठ १३, शुक्रबार २०७९

बैतडी -बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बदर मतको परिणाम सार्बजनिक गरिएको छ । निर्वाचन कार्यालयबाट प्राप्त विवरण अनुसार प्रतिशतकाआधारमा सबैभन्दा बढी शिवनाथ गाउँपालिकामा मत बदर खसेको पाइएको छ ।दशरथचन्द नगरपालिकामा कुल खसेको मतको १.७५ मत बदर गएको छ । पाटन नगरपालिकामा १।७९ प्रतिशत मत बदर खसेको छ । सुर्नया गाउँपालिकामा १.८१ प्रतिशत मत बदर खसेको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिकामा २.०२ प्रतिशत मत बदर खसेको छ ।

दोगडाकेदार गाउँपालिकामा १।९९ प्रतिशत मत बदर खसेको छ । पुर्चौडी नगरपालिकामा २.०५ प्रतिशत बत बदर खसेको छ । डिलाशैनी गाउँपालिकामा २.६८ प्रतिशत मत बदर खसेको छ । मेलौली नगरपालिकामा १.५१ प्रतिशत मत बदर खसेको छ । शिवनथ गाउँपालिकामा ९.७८ प्रतिशत मत बदर खसेको छ ।

सिगास गाउँपालिकामा ७.३३ प्रतिशत मत बदर खसेको छ ।

Leave A Reply

Your email address will not be published.