युक्रेनका राष्ट्रपति र फिनल्यान्डका प्रधानमन्त्रीबीच भेटवार्ता, युरोपेली देशको सम्बन्ध र सहकार्यबारे छलफल


जेठ १४, शनिबार २०७९

-युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र फिनल्यान्डका प्रधानमन्त्री सान मारिनबीच भेटवार्ता भएको छ।

युक्रेन भ्रमणमा रहेका फिनल्यान्डका प्रधानमन्त्री मारिनले जेलेन्स्कीसँग राजधानी किएभमा भेटवार्ता गर्नुभएको हो। उहाँहरुबीच युरोपेली देशको आपसी सम्बन्ध र सहकार्यका बारेमा छलफल भएको छ ।

युक्रेनमा रुसले आक्रमण गरेपछि अवस्था निक्कै खराब बन्दै गएको छ । युद्धकै कारण युक्रेनले बाह्य देशको सहयोग खोजी रहेको छ।

आर्थिक तथा सुरक्षा र मानवीय सहयोग उपलब्ध गराएकोमा युक्रेनका राष्ट्रपतिले फिनल्यान्डका प्रधानमन्त्री मारिनको प्रशंसा गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.