स्वास्थ्य केन्द्रको अवरुदद्ध एक्सरे सेवा पुनः सञ्चालनमा,सेवाग्राहीलाई राहात


जेठ १५, आइतबार २०७९
बैतडी– जिल्लाको मेलौली नगरपालिकामा रहेको केशपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक्सरे सेवा पुन सञ्चालनमा आएको छ ।बिगत लामो समय देखि प्राविधिक समस्याका कारण बन्द भएको एक्सरे सेवा उपकरणमा सुधार गरिएपछि पुन संचालनमा आएको हो ।

एक्सरे उपकरणमा आएको समस्याले एक्सरे मेसिन संचालन गर्न सकिएको थिएन, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र का जनस्वास्थ्य निरिक्षक मुकेशकान्त दयालले भने उपकरण सुधार गरिएसंगै नियमित रुपमा संचालन हुनेछ ।एक्सरे सेवा सञ्चालन भएपछि मेलौलीका नागरीकलाई सहज हुने भएको छ ।

मेलौली सहित शिवनाथ , पञ्चेश्वरका जनतालाई नजिकै सेवा लिन सहज हुने दयालले बताए ।एक्सेर सेवा लिनकै लागि मात्र टाढा जानुपर्ने बाध्यता अब देखि नरहेको उनको भनाई छ ।
यसैबिच केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र फेरी डाक्टर विहिन भएको छ ।

तल्लोसोराड क्षेत्रका तीनओटा स्थानीय तह पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकाको रेफरल सेन्टरको रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा समस्या भएको स्थानीयहरुले बताएका छन ।्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा समान्य उपचारका लागि समेत अन्यत्र जानुपर्ने बाध्यता रही आएको छ ।

केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एकजना मेडिकल अधिकृतको दरबन्दी भएपनि दरबन्दी पदपूर्र्ती हुन सकेको छैन ।नगरपालिकाले करारमा भर्ना गरेका डाक्टरको करार अवधि सकिएपछि पछिल्लो सात महिना यता प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सक विहिन बनेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले बताए।
प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टर नहुँदा शव पोष्टमार्टम गर्नका लागि समेत अन्यत्र जानुपर्ने बाध्यता रहेको छ। यस्तै निरोगिताका प्रमाणपत्र लगायत अन्य कामका लागि समेत जिल्ला नै धाउनुपर्ने अवस्था आएको छ।

स्वास्थ्य केन्द्रमा डाक्टरको अभाव र अन्य समस्याको हरुको बारेमा पनि आफुले छिट्टै पहल गर्ने मेलौली नगरपालिका का नवनिर्वाचित नगर प्रमुख भिम बहादुर चन्दले बताए ।

Leave A Reply

Your email address will not be published.