मेलौली न्यूज
जेठ १६ सोमबार,२०७९
बैतडी –बैतडीको मेलौली नगरपालिका वडा नं ३ का निवर्तमान वडा अध्यक्ष रघुबीरसिंह भाटको मृत्यु भएको छ । केही दिनदेखि बिरामी रहेका भाटको उपचारका क्रममा धनगढीमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा उनी राप्रपाबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।
स्टार बुलेटीन