जनता आधारभुत बिद्यालयका विद्यार्थीहरुद्धारा रेडियो मेलौलीको अवलोकन

दिपक राज दिर्घायु
जेठ १८ बुधबार,२०७९

बैतडी–जनता आधारभुत बिद्यालय पाटन नगरपालीका–०१ पोखरिका विद्यार्थीहरुको रेडियो मेलौलीको अवलोकन गरेका छन । शैैक्षिक भ्रमणमा रहेका बिद्यार्थीहरु र शिक्षहरुको टोलीले बुधबार रेडियो मेलौलीको अवलोकन गरेको हुन ।

शैक्षिक भ्रमणमा आएको बिद्यालयको टोलीलाई रेडियो मेलौलीका स्टेशन प्रमुख लक्ष्मण बिसीले स्वागत गरेका हुन । शैक्षिक भ्रमण कार्यक्रममा जनता आधारभुत बिद्यालयका प्राधनाध्यापक कृष्ण दत्त भट्टराई र बिद्यालयमा कार्यरत शिक्षकहरु सहित ६० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

रेडियो मेलौलीले गरेको स्वागत कार्यक्रममा बोल्द स्टेशन प्रमुख बिसीले रेडियो मेलौलीलाई अवलोकन गरेकोमा बिद्यार्थीहरु र शिक्षकहरुलाई धन्यवाद दिए।

यस्तै शैक्षिक भ्रमणमा आएका जनता आधारभुत बिद्यालयका शिक्षकहरु र बिद्यार्थीहरुले रेडियो मेलौलीले गरेको स्वागतको प्रशंसा गर्दै रेडियो मेलौलीलाई धन्यबाद ज्ञापन गरे । समाजमा भईरहेका अन्याय, अत्यचार, कुरिति, कुसस्कार, भ्रष्टाचार र अनियमितता जस्ता कुराहरुको रेडियोले निगरानि गर्नुपर्ने सुझाप दिए ।

साथै रेडियो मेलौली सुदूरपश्चिमको भाषा सस्कृति संरक्षणमा र सहि सुचना, सत्य समाचारका साथै मनोरञ्जनमा निकै अगाढी रहेकाले अझपनि निरन्तर अगाढी बढ्दै जावस् भनि शिक्षक र बिद्यार्थीले शुभकामना ब्यक्त गरे ।

Leave A Reply

Your email address will not be published.