तारा एअरको पोखरा–जोमसोम उडान एक हप्ताका लागि स्थगित

मेलौली न्यूज
जेठ २० शुक्रबार,२०७९

यती एअरलाइन्सको भगिनी संस्था तारा एअरले पोखरा–जोमसोम उडान एक हप्ताका लागि स्थगित गरेको छ । एअरलाइन्सले आजदेखि २७ गतेसम्मका लागि पोखरा–जोमसोम–पोखराका नियमित उडान स्थगित गरेको हो ।

यती एअरलाइन्सका प्रवक्ता एवम् हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले तारा एअरले विशेष कारणवश पोखरा–मुस्ताङको टिकट बन्द गर्ने निर्णय गरेको बताउनुभयो ।

गएको आइतवार पोखराबाट जोमसोम उडेको तारा एअरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा दुर्घटना हुँदा चालकदलका सदस्यसहित विमानमा रहेको सबै २२ जनाको निधन भएको थियो ।

उज्यालो अनलाईनबाट

Leave A Reply

Your email address will not be published.