मेलौली न्यूज
जेठ २१ शनिबार,२०७९
सामाजिक संजालमा धेरै प्रयोग हुने शब्द हो Rip। कसैको मृत्यु भएपछी Rip लेख्ने गर्छन् । रिप शब्द सन सन १८०० शताब्दीमा ल्याटिन शब्द Requiescat in pace बाट सुरु भएर अहिले यस्को अर्थ Rest in peace भएको छ । यसको खास अर्थ “शान्ति सङ्ग आराम गर” भन्ने बुजिन्छ ।
त्यहि भएर यो शब्द तिनिहरुको लागि उपयुक्त मानिन्छ जस्ले मृत्यु भईसकेपछि लास, शब, जलाउदैनन र कुनै चिजमा बेरेर या खाडल खनेर गाड्ने गर्दछन ।
तिनिहरुले त्यो मरेका लासलाई अहिले त्यत्तिकै आराम गर । कुनै दिन यस्तो समय आउनेछ त्यो दिन ती मरेका लासहरु पुरै जिवित हुने छन भन्ने मान्यता बिश्वास मुस्लिम, ईसाई धर्मावलम्बीले राख्ने गरेका छन । हुनपनि हो यदि लासलाई जलाएन भन्ने त्यो ब्यक्ति मरेको मानिदैन त्यसको आत्मा भट्किरहेको हुन्छ ।
तर हाम्रो पुर्विय दर्शन, हिन्धु धर्म वैदिक सनातन धर्म, पुरानो सस्कृति, सभ्यता, बेद पुराण, गिता यस्ता धार्मिक ग्रन्थ या यी कुराहरु ले सिगारियको हाम्रो समाजमा Rip शब्द उपयुक्त मानिदैन ।
किनकि हामिले कसैको मृत्यु हुदा शब जलाउने र बिधि पृर्वक कृया, श्राद्ध गर्ने गर्दछौ यदि शब जलाईसकेपछि त्यो ब्यक्तिको पुर्ण रुपले मरेको मानिन्छ । किनकि त्यसको शरिरमा भएको आत्मा अन्य कुनै जीवमा गएर बसिसकेको हुन्छ ।
त्यसकारण हाम्रो समाजमा या यो हिन्दुको राजयमा मरिसकेको आत्मा या ब्यक्तिका लागि Rip शब्द लेख्नु भनेको उसलाई नर्कमा पठाउनु जस्तै हो । त्यही भएर हामिले आफ्नो भाषा सस्कृति बचाउनको लागि भएपनि यो Rip शब्द अहिलेबाट त्यागी हामिले प्रयोग गर्ने शब्दहरु प्रयोग गरौ
जस्तै
हार्दिक श्रद्धाञ्जली
भाबपुर्ण श्रद्धाञ्जली
बैकुण्ठ बास होस
स्वर्गमा बास होस्
दिवगङ्गत आत्माले शान्ति पावस
परिवार प्रति हार्दिक समबेदना जस्ता मौलिक सस्कृतिको रक्षा हुने जस्ता शब्दहरुको प्रयोग गर्नु उचित मानिन्छ । हामि ५-६ अक्षरको शब्द लेख्नको सट्टा छोटकरी शब्दहरु खोजिरहेका हुन्छौ । तर त्यसको असर के कति छ त्यो हामीलाई जानकारी नभएर हो या जानिजानि यस्तो गरिरहेका छौ ।
Rip शब्द छोडेर अघि भनेझै ती हाम्रो लागि उपयुक्त हुने शब्दहरु प्रयोग गर्न उचित हुन्छ ।
खबर उज्यालो अनलाईनबाट