जेठ २१, शनिबार २०७९
काठमाण्डौ – पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी दुई हजार एक सय ८४ जनाको नमुना परीक्षण गर्दा १६ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस अवधिमा नौ जना कोरोना सङ्क्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन । अहिले नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय १० जना रहेको छ ।
पछिल्लो २४ घण्टामा ८२ हजार चार सय १३ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका मन्त्रालयले जनाएको छ ।
उज्यालो अनलाईनबाट……