दक्षिण कोरियामा कोरोना सङ्क्रमितको सङ्ख्या केही घटे पनि जोखिम उस्तै


जेठ २४, मंगलबार २०७९

-दक्षिण कोरियामा कोरोना भाइरस सङ्क्रमण केही घट्दो क्रममा रहे पनि अझै हजारौँको सङ्ख्यामा दैनिक सङ्क्रमित भइरहेका छन् ।

दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा ६ हजार १ सय ७२ जना सङ्क्रमित थपिएका समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

यो सँगै अहिलेसम्म दक्षिण कोरियामा १ करोड ८१ लाख ७४ हजार ८ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भइसकेको छ ।

दक्षिण कोरिया उच्च सङ्क्रमणको बिन्दु भन्दा केही तल झरेको छ । एक हप्ता अगाडिसम्म दैनिक १० हजारभन्दा धेरै सङ्क्रमित थपिने गरेका थिए । अहिले केही कम भएको भए पनि अझै उच्च जोखिम रहेको समाचार संस्था सिन्ह्रवाले जनाएको छ ।

कोरोना सङ्क्रमण बढेको भन्दै दक्षिण कोरियामा विभिन्न प्रतिबन्धात्मक नियमहरु लागू गरिएको छ ।

Leave A Reply

Your email address will not be published.