जेठ २४, मंगलबार २०७९
बैतडी – जिल्ला समन्वय समिति बैतडीको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा गठबन्धनबाट कांग्रेसका खगेन्द्र सिंह धामी विजयी भएका हुन् । उप्रमुखमा पनि गठबन्धनबाटै माओवादी केन्द्रका दमन कुवँर वियजी भएका हुन् ।
प्रमुखमा धामीले १२ मत प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका मोहन बहादुर थापाले ८ मत प्रँप्त गरे । उपप्रमुखमा माओवादी केन्द्रका दमन बहादुर कुवँरले १० मत प्राप्त गरे भने उनका प्रतिद्धन्द्धी एमालेका हेमा भट्टले १० मत प्राप्त गरिन् । उपप्रमुखमा २ मत बदर खसे ।
जिल्ला समन्वय समिति बैतडीको नेतृत्वका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र स्वतन्त्रबीच गठबन्धन भएको हो भने एमालेले एक्लै चुनाव लडेको हो ।
समन्वय समितिका सदस्यहरुमा पनि गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । तीन खुला सदस्यमा नेपाली कांग्रेसका करनसिंह कठायत र दानबहादुर बिष्ट तथा माओवादी केन्द्रका प्रेमसिंह भाट विजयी भएका छन् ।
यस्तै तीन महिला सदस्यमा नेपाली कांग्रेसका यशोदा चन्द, हरु नेपाली र माओवादी केन्द्रका निर्मला भट्ट विजयी भएकी छन् ।
यस्तै एकजना दलित सदस्यमा गठबन्धनका तर्फबाट स्वतन्त्रका हरना सार्की विजयी भएकी हुन् ।
नवनिर्वाचित जिल्ला समन्वय समिति प्रमुख खगेन्द्रसिंह धामीलाई आजै बिहान ११ बजे पद तथा गोपनियता शपथ ग्रहण गराउने कार्यक्रम रहेको मुख्य निर्वाचन अधिकृत तिलक बहादुर कार्कीले जानकारी दिए ।
स्टार बुलेटिन…………