दिपक राज दिर्घायु
जेठ २६ बिहीबार,२०७९
बैतडी–पञ्चेश्वर गाउपालीका–०४ मा रहेको जबलपुर माबिको फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ। कक्षा ११ का बिद्यार्थीले आयोजना गरेको फेरि भेटौला कार्यक्रम बुधबार एक भब्य समारोहका बिच सम्पन्न भएको छ ।
कक्षा १२ का बिद्यार्थीहरुको बिदाई गर्दै फेरि भेटौला कार्यक्रम गरिएको हो । कक्षा १२ को परिक्षा दिईसकेपछि कोहि बिद्यार्थी सोहि स्कुलमा र कोहि बिद्यार्थी पढाईको लागि बाहिर जाने भएकाले फेरि भेटौला कार्यक्रम गरिएको हाम्रा सम्बादाता नरेन्द्र चन्दले बताए ।
कक्षा ११ का बिद्यार्थीहरुले बिदाई गरिएका कक्षा १२ का बिद्यार्थीहरुलाई मायाको चिनो समेत प्रदान गरेका थिए ।
फेरि भेटौला एवम बिदाई कार्यक्रममा अभिबावक, पञ्चेश्वर गाउपालीका–०४ का नब निर्बाचित वडा अध्यक्ष जनक बहादुर चन्द, अन्य जनप्र्रतिनिधि र स्थानियहरुको बाक्लो उपस्थिति रहेको थियो ।