रेडियो मेलौलीद्धारा जनप्रतिनिधि हरुलाई बिदाई एवम स्वागत कार्यक्रम सम्पन्न

दिपक राज दिर्घायु
जेठ २८ शनिबार,२०७९

बैतडी–सामुदायिक रेडियो मेलौली एफएम १०१.२ मेगाहर्जले मेलौली नगरपालीकाका पुराना तथा नया निर्बाचित जनप्रतिनिधिलाई स्वागत एवम बिदाई कार्यक्रम सम्पन्न गरेको छ । शनिबार एक कार्यक्रमका बिच जनप्रतिनिधिहरुलाइ बिदाई एवम स्वागत कार्यक्रम सम्पन्न गरिएको रेडियोका स्टेशन प्रमुख लक्ष्मण बिसिले बताए ।

बिःस २०७४ सालको स्थानिय तहको निर्बाचनमा निर्बाचित भएका जनप्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गर्दै बिदाई गरिएको हो । यसैगरि बैसाख ३० गते सम्पन्न स्थानिय तहको निर्बाचनमा निर्र्बाचित भएका जनप्रतिनिधिहरुलाइ खादा ओडाई स्वागत एवम बधाई कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा मेलौली नगरपालीकाका नब निर्बाचित नगर प्रमुख भिम बहादुर चन्द भुकम्प, निबर्तमान नगर प्रमुख कृष्ण सिह नायक, निबर्तमान एवम नब निर्बाचित कार्यपालिका सदस्य, ९ ओटै वडाका नब निर्बाचित एवम निबर्तमान वडा अध्यक्षहरु, बिभिन्न राजनिति दलका प्रतिनिधि, ब्यापारि, समाजसेबि लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागि नब निर्बाचित नगर प्रमुख भिम बहादुर चन्द भुकम्पले समाजमा र स्थानिय सरकार सञ्चालनमा सञ्चार क्षेत्रको महत्वपुर्ण भुमिका रहने भएकाले आफ्नो कार्यकालमा सञ्चारसगं जोडिएर काम गर्ने र नगरपालिका भित्रका हरेक राम्रा नराम्रा पक्षहरुलाई आत्मसाथ गर्दै अगाढि बढ्ने प्रतिबद्धता जनाएका थिए ।

यसैगरि निबर्तमान नगर प्रमुख कृष्ण सिह नायकले आफ्नो कार्यकालमा सञ्चार माध्यमसगं जोडिएर काम गरेको र अबका जनप्रतिनिधिहरुले पनि सञ्चार माध्यमसगं समन्वय गरेर अगाढी बढ्ने सुझाएका थिए । साथै उनले आफ्नो कार्यकालमा गरेको बिभिन्न बिकास निमार्णका कामकाजहरुको समिक्षा गरेका थिए । नगर पालिकालाई शुन्यबाट सुरुवात गरेका कारण धेरै कामहरु अधुरा, अपुरा रहेका र खाका तयार गरिएका कामहरुलाई निरन्तरता दिन पनि आग्रह गरेका थिए ।

यसैगरि कार्यक्रममा सहभागि सम्पूर्ण वडा अध्यक्षहरुले आफुहरुले गर्ने काम काजहरुको रेडियोले समिक्षा गरि समाजमा सहि सुचना र ताजा समाचार सम्प्रेशण गर्ने कुराको जानकारी गराएका थिए ।

सामुदायिक रेडियो मेलौलीले समाजमा भएका अन्याय अत्यचार र भ्रष्टाचार जस्ता कुराको खबरदारि गरि अगाढी बढ्ने रेडियोका अध्यक्ष एवम कार्यक्रमका सभाध्यक्ष कृष्ण दत्त भट्टले बताएका थिए । उनले रेडियोले गर्ने कार्य, रेडियोका समस्या, चुनौति बर्तमान अवस्थाको बारेमा जानकारी गराएका थिए।

रेडियोले गर्ने हरेक कार्यहरु पुरा गर्ने र स्थानिय सरकारले पनि रेडियो सगं सहकार्य गर्दै अगाढी बढ्ने बिश्वास ब्यक्त गरेको थिए ।

रेडियो अध्यक्ष कृष्ण दत्त भट्टको सभाध्यक्षमा सञ्चान गरिएको कार्यक्रममा मेलौली नगरपालीकाका नब निर्बाचित नगर प्रमुख भिम बहादुर चन्द भुकम्प प्रमुख अतिथि रहेका थिए । यसैगरि निबर्तमान नगर प्रमुख कृष्ण सिह नायक बिशिष्ट अतिथि रहेका थिए ।

कार्यक्रम मेलौली नगरपालीकाको सभाहलमा सञ्चालन गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.