असार ७, मंगलबार २०७९ ,मंगेश दयाल
– बैतडीको मेलौली नगरपालिकाका प्रमुख भीम बहादुर चन्दको प्रमुख आतिथ्यमा मेलौली नगरपालिको आ.व. २०७९ ÷८० को बजेट तर्जुमाको सन्दर्भमा नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरु बाट राय सुझाव संकलन सम्बन्धी कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्नु हुर्दै प्रमुख अतिथि नगरप्रमुख भीम बहादुर चन्दले शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइका कार्यहरुलाई विशेष प्राथमिकतामा राख्दै कार्य गरिरहेको जानकारी दिनुहुँदै विगतमा झैं जनताको राय सुझाव संकलन गरी प्राथमिकताको आधारमा बजेट विनियोजन गर्दै जाने बताउनुभयो ।
कार्यक्रममा उपप्रमुख पार्वती बोहोरा विष्टले मेलौली नगरपालिकोे शिक्षा, स्वास्थ्य, सरसफाई र सम्पदा संरक्षण सम्बन्धी कार्यलाई जनप्रतिनिधिहरु तथा कर्मचारीहरु मात्र नभई सम्पूर्ण शिक्षण संस्थाहरु र नगरबासीहरुको योगदान अतुलनीय रहेको बताए ।
यस्तै मेलौली नगरपालिकाका निबर्तमान नगरप्रमुख तथा कार्यक्रमका विशिष्ट अतिथी कृष्ण सिंह नायकले विगतदेखिनै जनभावना अनुसार शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै नगरलाई सफा, सुन्दर र शैक्षिक गन्तब्य बनाई जीवनोपयोगी शिक्षालाई जोड आएको बताउनुहुँदै जनतालाई सकारात्मक प्रभाव पार्ने कार्यलाई महत्व दिंदै नीति तथा कार्यक्रम बनाउँदा प्राथमिकीकरण गरिनु पर्ने बताउनुभयो ।
उक्त कार्यक्रमको सहजिकरण नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखामा कार्यरत प्राविधिक सहायक रोहित प्रसाद भट्टले गर्नु भएको थियो।