स्थानिय बाल अधिकार समिति गठनमा समितिलाई अभिमुखिकरण कार्यक्रम सम्पन्न


असार ७, मंगलबार २०७९ ,

मंगेश दयाल

बैतडी – सामाजिक विकास कार्यालय बैतडीको आयोजनामा मेलौली नगरपालिकामा स्थानिय बाल अधिकार समिति गठनमा सहजिकरण र समितिलाई अभिमुखिकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

मेलौली नगरपालिका महिला तथा बालबालिका शाखाद्वारा बाल अधिकारको क्षेत्रमा लामो कार्य अनुभव लिएका ब्यक्तित्वहरुलाई समावेश गरि आज मंगलबार मेलौली नगर उप प्रमुख पार्वती बोहोरा विष्टकोे अध्यक्षतामा ‘मेलौली नगरपालिका ११ सदस्यीय स्थानीय बाल अधिकार समिति समेत गठन ‘ भएको महिला तथा बालबालिका शाखामा कार्यरत लक्ष्मी भट्टले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.