मेलौली नगरपालीकाद्धारा अत्यावश्यक बाँहेकका सबै सेवा बन्द

मेलौली न्यूज
अषाढ ०८ बुधबार,२०७९

बैतडी-मेलौली नगरपालिकाद्धारा अत्यावश्यक बाँहेकका सेवा बन्द गरिएको छ । असार १० गते नगरसभाको बैठक बस्ने भएकाले नगरपालिकाले १० गते सम्मका लागि अत्यावश्यक बाँहेकका सेवा बन्द गर्ने निर्णय गरेको हो ।

बुधबार एक सूचना जारी गर्दै नगरपालिकाले असार १० गते नगर कार्यपालिकाको नगरसभा बस्ने र सो दिन सम्मका लागि सेवा बन्द गरिएको जनाकारी गराएको हो ।

नगर सभाको तयारीका लागि कर्मचारीहरु तयारीमा खटिने भएकाले ८ गते बुधबार देखि कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाँहेकका सम्पूर्ण सेवा १० गते सम्मका लागि बन्द गर्नुे परेको प्रमुख प्रशासकिय अधिकृत जगदिश प्रशाद जोशीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ ।

Leave A Reply

Your email address will not be published.