एसीसी महिला टी २० च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली टोली स्वदेश फर्कियो

मेलौली न्यूज
असार १३ सोमबार,२०७९

एसीसी महिला टी(२० च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ। टोली अघि बिहान स्वदेश आइपुगेको हो । वर्षाका कारण खेल प्रभावित हुँदा नेपाल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको थियो।

यूएईसँगको पहिलो सेमिफाइनल खेल वर्षाको कारण रद्द हुँदा नेपाल बाहिरिएको थियो । समूह चरणमा समूह विजेता बनेर फाइनल पुगेको यूएईले मलेसियालाई हराएर उपाधि जितेको छ । सेमिफाइनलबाट बाहिरिएपछि नेपाल एसिया कप क्रिकेटमा छनोट हुन सकेन।

Leave A Reply

Your email address will not be published.