मेलौली न्यूज
असार १३ सोमबार,२०७९
नेकपा एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद बैठक आज ९सोमबार० बस्ने भएको छ।
काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठान परिषदमा बस्ने बैठकमा पार्टीको सांगठानिक गतिविधि, स्थानीय चुनावको समीक्षा, आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव लक्षित कार्यक्रम, हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत भएका केही प्रतिवेदनमा छलफल गरिने बताईएको छ ।
पार्टी महासचिव बेदुराम भुसालको राजनीतिक प्रतिवेदन परिषद बैठकमा पेश हुने र त्यसमाथि छलफल गर्ने तयारी रहेको छ।कम्युनिष्ट आन्दोलनमा देखा परेका विसर्जनवाद र अवसरवादकाविरुद्ध जनतालाई एकताबद्ध गर्न पार्टीको औचित्य र आवश्यकता तथा आगामी कार्यदिशाका विषयमा प्रतिवेदनमा उल्लेख रहेको जनाइएको छ ।
मंगलबारसम्म चल्ने परिषद बैठकमा करिब १५ सय प्रतिनिधि सहभागी हुने बताइएको छ ।