जी–सेभेनद्वारा रूसलाई ‘ब्ल्याक सी’ बन्दरगाहको नाकाबन्दी अन्त्य गर्न आग्रह

मेलौली न्यूज
असार १५ बुधबार,२०७९

सात शक्ति देशहरूको समूह जी–सेभेनले रुसलाई ब्ल्याक सी बन्दरगाहको नाकाबन्दी अन्त्य गर्न आग्रह गरेको छ । जी–सेभेन बैठकले रूसलाई विना सर्त यूक्रेनी ब्ल्याक सी बन्दरगाहको नाकाबन्दी तत्काल अन्त्य गर्न पुनः आह्वान गरेको हो ।

त्यसैगरी मुख्य बन्दरगाह र यातायात पूर्वाधारको विनाशलगायत युक्रेनमा कृषि वस्तुहरू र उपकरण माथिको रूसी नियन्त्रण एवम् युक्रेनी खाद्य उत्पादन र निर्यातलाई थप अवरोध गर्ने अन्य सबै प्रकारका गतिविधिको जी–सेभेनले विरोध गरेको छ ।

त्यस्तै जी–सेभेन देशका नेताहरूले रुसद्वारा उद्पादित कृषि उत्पादनको आयात र मानवीय सहायता वितरणमा भने कुनै प्रतिबन्धहरू लागू नगर्ने घोषणा गरेका समाचार संस्था एएनआईले जनाएको छ ।

रुस–युक्रेन युद्धले अहिले आपूर्ति व्यवस्था तथा अरु क्षेत्र समेत अस्तव्यस्त बनेको छ । जी–सेभेनले सबैभन्दा कमजोर मानिसलाई कुपोषणबाट जोगाउन ४५ बिलियन अमेरिकी डलर सहयोग प्रतिबद्धता व्यक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।

उज्यालो अनलाईनबाट

Leave A Reply

Your email address will not be published.