असार १५, बुधबार २०७९
बैतडी- २८ वर्षिया महिलालाई ०७८ चैत्र १५ गते बलात्कार गरेको आरोपमा मेलौली नगरपालिका– १ का वडा अध्यक्ष सहित दुई जनालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ ।
पीडितको उजुरीका आधारमा प्रहरीले ३५ वर्षीय वडा अध्यक्ष सरदसिंह नेगी र स्थानीय ४० वर्षीय केशब सिंह नेगीलाई गिरफ्तार गरेको हो। वडा अध्यक्ष नेगी गएको स्थानीय तह निर्वाचनमा मेलौली नगरपालिका वडा नं १ को अध्यक्षमा एमालेबाट निर्वाचित बनेका थिए ।
पीडित महिलाको स्वास्थ्य परिक्षण उजुरी दिएकै दिन जिल्ला अस्पताल बैतडीमा गरिएको छ । आरोपितहरुलाई हिरासतमा राखि अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रवक्ता इन्सपेक्टर लोकराज जोशीले बताउनुभयो ।