बैतडीको दोगडाकेदारमा क्वालिटी साक्षरता तालिम सम्पन्न

मेलौली न्यूज
असार १९ आईतबार,२०७९

बैतडीको दोगडाकेदार ३ श्रीकोटमा सञ्चालनमा रहेको निशुल्क क्वालिटी साक्षरता तालिम सम्पन्न भएको छ । भोजराज जोशी क्वालिटीको सहयोग तथा बसन्त फाउन्डेसनको आयोजना र एम्विसन टेक्निकल कलेजको सहकार्यमा गत चैत १९ देखि सञ्चालन भएको तीनमहिने तालिम आज सम्पन्न भएको हो ।

उक्त तालिममा होटेल म्यानेजमेन्ट र कृषिसम्बन्धि सीप सिकाइएको तालिम संयोजक हरिस जोशीले जानकारी दिनुभयो । तालिम निकै उपलब्धिमूलक रहेको सहभागी रेखा भट्टले बताउनुभयो । यस्तै तालिमले आत्मनिर्भरको बाटोमा लाग्न प्रेरित गरेको अर्का सहभागी द्रोपति भट्टले बताउनुभयो ।

तालिम समापन समारोहमा बोल्दै दोगडाकेदार गाउँपालिका ३ का वडाध्यक्ष कालुराम सार्कीले किताबको कोरा ज्ञानभन्दा व्यवहारिक शिक्षा आजको आवश्यकता रहेकोले यस्ता सीपमूलक तालिमले सहजता प्रदान गर्ने बताउनुभयो । समाज रूपान्तरणका लागि युवाको भूमिका महत्त्वपूर्ण रहेको बताउदै सार्कीले गाउँपालिकाले प्राविधिक शिक्षालाई जोड दिएको जनाउनुभयो ।

यस्तै सनातन धर्म माविका निमित्त प्रधानाध्यापक सुरेन्द्र कार्कीले सिकेको सीपलाई स्वरोजगारमा परिणत गरेर नमूना युवा बन्नुपर्ने बताउनुभयो ।

समापन समारोहमै बोल्दै भोजराज जोशी क्वालिटीले बेरोजगारको समस्या समाधानका तालिम सञ्चालन गरिएको र स्वदेशमै रोजगारको सिर्जना गर्न तालिम उपयोगी हुने बताउनुभयो । सिकेको सिपलाई सही सदुपयोग गर्नुपर्ने बताउदै जोशीले रोजगार बन्न चाहनेलाइ थप सहयोग गरिने प्रतिवद्धता जनाउनुभयो। आगामी दिनमा अझै यस्ता तालिमको आयोजना गरिने समेत उहाँले बताउनुभयो।

विनोद सिंह विष्ट

Leave A Reply

Your email address will not be published.