माओवादी नेता भट्टद्वारा पदबाट राजीनामा

मेलौली न्यूज
असार २० सोमबार,२०७९

बैतडी-नेकपा माओवादी केन्द्र मेलौली बैतडीका नेता इश्वरी भट्ट राजीबले पदबाट राजिनामा दिएका छन् । पार्टीको प्रदेश कमिटी सदस्य रहेका मेलौलीका भट्टले राजिनामा दिएका हुन् । उनले पार्टीको प्रदेश कमिटी अध्यक्षलाई बुझाएको राजिनामा पत्र सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका छन् ।

उनले इमान्दार कार्यकर्ताहरुको मनोभावना नेतृत्व तहले बुझ्न नसकेको कुरा राजिनामा पत्रमा उल्लेख गरेका छन् । विगत २ दशक यता राजनितिमा सक्रिय रहेका भट्टले पार्टीले जनजिविकाका सवालमा काम गर्न नसकेको भन्दै पार्टी प्रति असन्तुष्टी व्यक्त गरेका छन् ।

नेता भट्ट सशस्त्र जनयुद्धको समय देखी माओवादीमा पार्टीमा सक्रिय व्यक्ति हुन् ।

उनको राजीनामा पत्र यस्तो छ ।

मिति-२०७९/०३/१९

क=अध्यक्ष
नेकपा (माओबादी केन्द्र)
सुदुर पश्चिम प्रदेश कमिटी


बिषय-राजीनामा बारे

उपरोक्त बिषय सम्बन्ध मा बिगत दुई दशक देखि राजनैतिक संघर्ष गर्दै बैतडी को जनसंघर्षमा सहभागी भइ जनताका जनजिविका जनतन्त्र र राष्ट्रियताको पक्षमा न्याय प्रेमि जनसमुदाय लाई गोलबन्ध एकाकार र आफ्नो अधिकारको लागि संघर्ष गर्नु पर्छ भनि संगठित गर्दै आइरहेको कुरा सर्ब बितितै छ । सर्बहरा बर्गीय नैतिकता मूल्य मान्यतालाई आफ्नो मुल सिद्धान्त मानि संघर्ष गरियो । र संघर्ष गर्दै जदा कतिपय साथिहरु शीत तिता मिठा अनुभव हरु रहन गए होलान त्यसको लागि पर्न गएको पिर प्रति क्षमा प्रार्थी छु । सत्ता को भागडोर लिदै गर्दा कसैलाई सत्तामा पुगाउने कार्यकर्ता र जनता जीवन स्तर माथि ल्याउने कुनै किसम कार्यक्रम सम्पन्न भएन । जनता को जिबनस्तर ज्युका त्यु नेता एस अराम भोक बिलास तिर ब्यस्त रहे पार्टी भित्र का ईमान्दार कार्यकर्ता आज अल्पत्र र रुलमुलिरहेका छन । सडक चोक गल्ली मा बिरोजगार भएर भौतारिरहेका छन । सरकारी अनुदान जो शीत पहुच सम्पत्ति छ उसैलाइ मात्र छ । बित्तिय संस्था को ऋणको पहुच पनि उसै बर्गका मान्छे लाई छ जो शीत जमिन सम्पति छ । तर सम्पत्तिको पहुचमा नभएका हरुलाई बित्तिय संस्थाले नभई सरकारी क्षेत्र बाट अनुदान र ऋणका्े ब्यबस्था , उन्नन बिउ बिजन मल , गाउगाउ मा प्राबिधिक ,जनशक्ति खटाउने बालि मा लाग्ने रोग , पशु पन्छि मा लाग्ने रोग को उपचारको ब्यबस्थापन , दैबिक विपत्ति को समाना गर्न पशु तथा वालि बिमा को ब्यबस्था , परामर्श सेवा , सिचाइ सडक पुर्वाधार , बिधुत खानेपानी को उचित ब्यबस्था पन को आशा र अपेक्षा राखेर संर्घरष गरियो आशिक सफलता बाहेक क्रान्तिकारी रुपान्तरण हुन सकेन । अझै यसलाई रुपान्तरण गर्न अर्को संघर्ष को आबश्यकता रहेकोले पार्टी भित्र का केही महत्व काक्षी संग बसेर रुपान्तरण गर्न सकिने स्थिति रहेन । मनोगत गुटगत मानसिकता , आडम्ब घमण्ड , सब थोक आफु मात्रै हु अरु केही होईन आफु राजा अरु सबै रैति हुन भने सासकिय मानसिकता रहेकोले यस्तो ठाउमा बसेर राजनैतिक उपलब्धी हासिल होला जस्तो लागेन । नया किसमबाट जनताका समस्या हरुको समाधान गर्न फेरि अर्को संर्घष को आबश्यकता रहेकोले आजैका मिति देखि लागू हुने गरि प्रदेश कमिटी सदस्य बाट राजिनामा दिएको जानकारी गराउदछु ।
लाल अभिबादन!

इश्वरी दत्त भट्ट
प्रदेश कमिटी सदस्य
नेकपा (माओबादी केन्द्र)

Leave A Reply

Your email address will not be published.