मेलौलीमा दलित सशक्तीकरण तथा क्षमता अभिवृद्धि कार्यक्रम सुरु


मेलौली न्यूज
असार २० सोमबार,२०७९

बैतडी-बैतडीको मेलौली नगरपालिकामा दलितहरुका लागी दुई दिने नेतृत्व विकास तथा क्षमता अभिवृद्धि सम्बन्धी तालिम आजबाट मेलौलीमा शुरु भएको छ ।

दलित महिला सघं (फेडो) बैतडी शाखाको आयोजना र मेलौली नगरपालिकाको सहयोगमा दलितहरूको नेतृत्व विकासका साथै व्यक्तिगत क्षमता अभिवृद्धिका लागि तालिम शुरु भएको हो ।

दलित महिला सघं (फेडो) बैतडी शाखाकी अध्यक्ष सरस्वती नेपालीले दलितहरूको नेतृत्व विकास र क्षमता अभिवृद्धि गर्दै उनीहरूको निर्णायक भूमिका बढाउन तालिमको आयोजना गरिएको बताइन् ।
मेलौली नगरपालिका भित्रका सबै वडाका दलितहरुको सहभागी रहेको कार्यक्रम २ दिन चल्ने आयोजकले जानकारी दिएको छ ।

तालिममा सहभागीहरूले महिला दलितहरुको नेतृत्व विकास र क्षमता अभिवृद्धि हुन सकेमा मात्रै सार्थक र निर्णायक भूमिका बढ्न सक्ने विश्वास व्यक्त गर्दै महिलाहरूका समस्या सम्बोधन गर्न तालिम प्रभावकारी हुने मुक्ति समाजका केन्द्रिय सदस्य बलभद्र दयालले बताए ।

मेलौली नगरपालीको सहयोग र दलित महिला सघं फोडो बैैतडीको आयोजनमा कार्यक्रमको सञ्चालन गरिएको दलित महिला सघं फोडो बैैतडी अध्यक्ष सरस्वति नेपालीले बताउनुभयो ।

यसैगरि कार्यक्रमको प्रमुख अतिथिमा नेकपा एमालेका केन्द्रिय सदस्य एवम जिल्ला ईन्जार्च पुरन सिह दयाल रहनु भएको थियो । बिशिष्ट अतिथिमा मेलौली नगरपालीका नगर प्रमुख भिम बहादुर चन्द, अतिथिमा मेलौली नगरपालीका नगर उपप्रमुख पार्वती बोहरा बिष्ट, निबर्तमान नगर प्रमुख कृष्ण सिह नायकको सहभागिता रहेको थियो ।

यसैगरि कार्यक्रममा भुमि अधिकार क्रमि नरिराम लुहार, धनिराम लुहारको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.