मेलौली न्यूज
असार २८ मगंलबार,२०७९
डा.सुनिता कार्की-दाँत समग्र स्वस्थ्यका लागि अभिन्न अंग हो। दाँतलाई सुन्दरताको मानक पनि मानिन्छ। स्वास्थ्यसँग दाँतको गहिरो सम्बन्ध छ। दाँत बलियो भयो भने हाम्रो पाचन प्रकृयालाई पनि धेरै फाइदा पुग्ने गर्दछ। तर, हिजो आज हाम्रो लापरवाहीका कारण दाँतमा धेरै समस्या आइरहेको छ। जसले गर्दा कृतिम दाँत राख्नुपर्ने अवस्था बढ्दै गएको छ।
दाँत चोइटिने झर्ने समस्या किन हुन्छ ?
अधिकांश मानिसमा दाँत किराले खान्छ भन्ने धारणा छ। तर, खासमा दाँत किराले खाने होइन। यो भनेको दाँत सड्ने प्रकृया हो। जस्तै हाम्रो दाँतको बनावट मिलेर बनेको हुँदैन त्यसमा अनेक थरिको बनावट हुन्छ। त्यसमा व्याक्टेरियाले एउटा एसिड निकाल्छ त्यसले गर्दा हाम्रो दाँतलाई खियाएर किरा लाग्न सुरुहुन्छ। दाँतमा तिन लेयर हुन्छ। इनामेलको मध्ये भागलाई डेन्टिन भनिन्छ। अनि भित्रिभागलाई पल्स भनिन्छ । दाँतमा इनामेलसम्म छ भने त्यसलाई भरेर पनि मिलाउन मिल्यो। त्यो डेन्टिन भागमा छ भने पनि मिल्यो। तर, हाम्रो नशासम्म छुन्छ भने त्यसलाई जरा देखिनै उपचार गर्नुपर्दछ। त्यसका लागि कृतिम दाँत लगाउनको लागि दाँत टुक्रिनुपर्छ झर्नुपर्छ भन्ने छैन।
कृतिम दाँत राख्नुपर्ने अवस्था कसरी आउँछ ?
धेरै मान्छेमा एउटा दाँत नभए पनि केही हुँदैन भन्ने धारणा हुन्छ। दाँतमा समस्या हुँदै जब हाम्रो नशाको उपचारबाट पनि क्रस भएर जराहरु छुटिने अवस्था आउछ तब दाँत खुस्किने समस्या सुरु हुन्छ। त्यस्तो अवस्थामा चाहिँ नयाँ दाँतहरु राखिन्छ। त्यस्तोमा जरादेखि भरेको छ भने पनि जुन डेन्टल क्राउन भन्ने लगाउछौं, त्यसलाई पनि कृतिम दाँत नै भनिन्छ। कृतिम दाँत बनाउने धेरै ब्रान्च हुन्छन्। त्यही अनुसार बिरामीको अवस्थालाई हेरेर दाँत राखिन्छ।
कृतिम दाँतका प्रकार
कृतिम दाँतका चार वटा ब्रान्च हुन्छन्। यसलाई दाँतको प्रसुदन्धी भनिन्छ। एउटा प्रकार हो फिक्स प्रसुदन्ती। यो भनेको एक पटक लगाइसकेपछि फेरि निकाल्न नमिल्ने हुन्छ। अर्को त्यसलाई झिक्न मिल्ने दाँतछ हुन्छ। त्यसलाई रिमुभर प्रसुदन्ती भनिन्छ। त्यो एक दुईवटा पनि हुनसक्छ पुरै पनि हुनसक्छ। बुढाबुढीमा एउटै दाँत नभएको अवस्थामा लगाइन्छ त्यसलाई कम्पिडेन्टल भनिन्छ। अर्को इम्प्लान्ट प्रसुदन्ती हो यसलाई हड्डीमा एउटा रिल गरेर राखिन्छ र त्यसको सहायतामा दाँत राखिन्छ। अर्को भनेको म्याग्जिलोफेसिप प्रसुदन्ती हुन्छ।
यो दाँत राख्नको लागि आवश्यक पर्ने समय
एउटा पनि दाँत छैन भने त्यसको एउटा सामान्य नाप लिएर काम सुरु हुन्छ। दातसँगै यसका लागि गिजाको पनि नाम हुन्छ। गिजाको सहायताले विरामीलाई सजिलो भयो गार्हो भयो भनि चेकजाँच गरेरपछि दाँत बनाउने काम हुन्छ। पूरै दाँत लगाउन लगभग एक महिनासम्म लाग्न सक्छ। अनि इम्पन्ट सपोटेट भनेर राख्नको लागि सर्जिकल र पोस्पेटिभ गरेर दुईटा फेजहरु हुन्छन्। सर्जिकलको लागि तीन महिनासम्म त्यसको पस्पेटिभहरु हेर्ने र त्यो स्क्यूमात्र हड्डी भित्र हाल्ने र इम्पान्टको मोडल हेरेर कसैको तीन महिना, कसैको छ महिना समय हेरेर सर्पोटेटमा दाँतहरु राखिन्छ। क्राउडहरु राख्ने हो भने एक हप्तादेखि दश दिन भित्र हुन्छ।
कृतिम दाँतलाई कसरी सुरक्षित गर्न सकिन्छ ?
दाँतको बीचको भागमा खाने कुराहरु पस्यो र अड्कियो भने दाँतहरु झर्ने गर्दछ। बिरामीले आफ्नो हाइजिन मेन्टेन गर्नु पर्दछ। धेरै किसिमको प्रविधिको विकाससँगै कस्तो किसिमको दाँत राख्ने भनेर बिरामीको मुख हेरेर चेक जाँच गरिन्छ। धेरै युवालाई झिकिराख्न नमिल्ने दीर्घकालीन हुनेगरी फिक्स दाँत राख्ने चाहना हुन्छ। मिल्ने अवस्था भए फिक्स दाँत राख्नु नै राम्रो हुन्छ।
कृतिम दाँतको मूल्य
हस्पिटल र डाक्टर अनुसारको आआफ्नो नियमहरु हुन्छन्। यसका विभिन्न प्रकार हुन्छन्। एउटा प्रकारको दाँतलाई छ हजारदेखि २० हजारसम्म पर्छ। दाँतको प्रकारमा साठी हजारदेखि एक लाखसम्म छ। कृतिम दाँत कुन हिसाबले र कुन ल्याबमा बन्यो र त्यसको गुणस्तर कस्तो छरु त्यो आधारमा मूल्य निर्धारण हुन्छ।
कृतिम दाँत राख्नेले के कुरामा ध्यान दिनुपर्छ ?
कृतिम दाँत राखिसकेपछि विभिन्न कुरामा ध्यान दिनुपर्ने हुन्छ। कृतिम दाँत राख्नु भएकोहरुले चुईगम, रोटी, मकै हड्डी सुपारीजस्ता खानेकुराहरु खान हुँदैन। झिक्नमिल्ने दाँतहरु झिकेर सफा गर्ने गर्नुपर्दछ। सफ नगरे धेरै समस्या हुन्छ। फिक्स दाँतलाई खानेकुरा खाइसकेपछि अनिवार्य रुपमा सफा गर्नुपर्छ।
कृतिम दाँत राख्नुका फाइदा
सुरुसुरुमा दाँत खोल्दा असर नदेखिए पनि, एक चोटी एउटा दाँतलाई निकाल्नु भनेको पुरा मुखको पङ्तिलाई नै बिर्गानु हो। त्यसकारण कृतिम दाँतले मुखको सबै नसालाई मिलाएर राख्न ठूलो भूमिका खेल्दछ। बुद्धी बंगारा छैन र त्यो भन्दाबाहेक अरु दाँतमा केही समस्या छ भने कृतिम दाँत राख्नु आवश्यकता पर्दछ। जतिजति उमेर बढ्दै गयो त्यति त्यति पछि असर गर्दै जान्छ त्यस कारण कृतिम दाँत लगाउनु आवश्यक हुन्छ।
खबरहव