आज आदिकवि भानुभक्तको २०९ औँ जन्मजयन्ती

मेलौली न्यूज
असार २९ बुधबार,२०७९

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती आज बुधवार विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा–भाषी धेरै रहेका ठाउँमा पनि मनाइन्छ । आज काठमाण्डौको रानीपोखरी अगाडि रहेको भानुभक्तको प्रतिमामा माल्यार्पण र नगर प्रभातफेरी गर्ने कार्यक्रम रहेको छ ।

संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले नेपाली भाषामा भावानुवादसहितको ुरामायणु लेख्नुभएको थियो । उहाँले लेख्नुभएको रामायण अहिले पनि घरघरमा पाठ गरिन्छ ।

१८७१ साल असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती–उपदेश दिएपछि उहाँले रामायणलाई नेपालीमा अनुवाद गर्नुभएको बताइन्छ । ुबधुशिक्षाु उहाँको अर्को प्रसिद्ध कृति हो । यसैगरी उहाँका ुप्रश्नोत्तरु, ुभक्तमालाु, ुरामगीताु, फुटकर रचनालगायत कृति छन् ।

नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्तको निधन विसं १९२५ साल असोजमा भएको थियो ।

Leave A Reply

Your email address will not be published.