मेलौलीमा भ्रष्टचार न्यून गर्न बिष्ट फाउण्डेसन क्बल गठन

दिपक राज दिर्घायु
असार ३० बिहीबार,२०७९

बैतडी–गाउमा हुने भ्रष्टचार न्यून गर्न, सुशासन र आपसि मेलमिलाप कायम गर्न मेलौलीमा बिष्ट फाउण्डेसन क्बल गठन गरिएको छ । बुधबार मेलौली नगरपालीका–०१ का युवाहरुले कमिटि गठन गरेका हुन ।

भ्रष्टचार मुक्त गाउँ समाज निमार्णमा युवाको भुमिका भन्ने मुल नाराको साथ २५ सदस्यीय कमिटि गठन गरिएको हो ।

क्लबको अध्यक्षमा प्रकाश सिह बिष्ट, उपाध्यक्षमा पारस सिह बिष्ट, सचिबमा लक्ष्मण सिह बिष्ट, कोषाध्यक्षमा कैलाश सिह बिष्ट, सदस्यमा प्रेम सिह बिष्ट, बिरेन्द्र सिह बिष्ट, मनिस सिह बिष्ट, रोहित सिह बिष्ट, बिजय सिह बिष्ट, निरज सिह बिष्ट, आयुष सिह बिष्ट, समिर सिह बिष्ट, बिसाल सिह बिष्ट, रोहित सिह बिष्ट, देबेन्द्र सिह बिष्ट, गणेश सिह बिष्ट, थानेश्वर सिह बिष्ट, मनोज सिह बिष्ट, भरत सिह बिष्ट, अशोक सिह बिष्ट, नबिन सिह बिष्ट, सुरेन्द्र सिह बिष्ट, हरिस सिह बिष्ट, केशब सिह बिष्ट र देबेन्द्र सिह क्षैत्रिलाई चयन गरिएको छ ।

यसैगरि ६ जनाको सल्लाहकार समिति पनि गठन गरिएको छ । सल्लाहाकार समितिमा सँजय बिष्ट, नामकर बिष्ट, सुरेन्द्र बिष्ट, मनोज बिष्ट, सेतु बिष्ट र राधे सिह बिष्टलाई चयन गरिएको छ ।

गाउँ भित्र भएका सार्वजनिक मठ मन्दिर, चौताराहरुको सरसफाई, गाउँमा भएका सहकारि, बन समितिलाई सचेत गराउने, गाउमा भैपरि आउने आपतकालिन समस्या समाधानको पहल गर्ने, बिकास निमार्णमा बजेटको सदुपयोग तथा खबरदारि गर्ने उदेश्यले बिष्ट फाउण्डेसन क्बल गठन गरिएको क्लबका अध्यक्ष प्रकाश बिष्टले बताए ।

Leave A Reply

Your email address will not be published.