शिवनाथमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना

दिपक राज दिर्घायु
असार ३० बिहीबार,२०७९

बैतडी–शिवनाथमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ । सर्वसाधारणलाई उपचारात्मक सेवा प्रदान गर्नेदेखि स्वस्थ जीवनशैलीका बारेमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्यका साथ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीले शिबनाथ गाउँपालिकाको सुल्लेखानमा नागरिक आरोेग्य सेवा केन्द्र स्थापना गरेको हो ।

नागरिक आरोग्य सेवा केन्द्रबाट उपचारात्मक सेवा, निरोगी रहन स्वस्थ जीवन कार्यक्रम, योग, पञ्चकर्म, स्तनपायी आमालाई दूधबर्धक औषधि वितरण लगायतका सेवा उपलव्ध गराइने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका निमित्त कार्यालय प्रमुख हिक्मत बहादुर चन्दले बताए ।

कार्यक्रमको अध्यक्षता जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका निमित्त कार्यालय प्रमुख हिक्मत बहादुर चन्द, प्रमुख अतिथि गाउँपालिका अध्यक्ष कर्ण सिंह साउद, बिशिष्ट अतिथि गाउँपाकिका उपाध्यक्ष सकुन्तोला साउद रहनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.