मेलौली न्यूज
श्रावण ०१ आईतबार,२०७९
बैतडीमा एक युवतीमाथि बलात्कार गरेको आरोपमा दुइ जना पक्राउ परेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिकामा २० वर्षीया अपांगता भएकी युवतीमाथि बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका गोपिराम चुनारा र ललितराम चुनारा रहेका छन् । पीडित युवतीले प्रहरीमा जाहेरी दिएपछि उनीहरुलाई समातिएको थियो । अहिले उनीहरु दुबै जनालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।