बैतडी प्रशासनद्धारा राष्ट्रिय परिचयपत्र विवरण संकलनका लागि थप अस्थायी स्टेशन सञ्चालन


साउन २, सोमबार २०७९

बैतडी – जिल्ला प्रशासन कार्यालय बैतडीले राष्ट्रिय परिचयपत्र विवरण संकलनका लागि थप अस्थायी स्टेशन सञ्चालनमा ल्याएको छ। प्रशासनले सेवाग्राहीको बढ्दो चापलाई मध्यनजर गर्दैै परिचयपत्र विवरण संकलन गर्न थप अस्थायी स्टेशन सञ्चालनमा ल्याएको हो ।

सोमबारदेखि जिल्ला प्रशासन कार्यालय परिसरमा राष्ट्रिय परिचयपत्र विवरण संकलन गर्नका लागि थप अस्थायी स्टेशन सञ्चालनमा ल्याएर सेवा प्रवाह भइरहेको जिल्ला प्रशासन कर्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।

यसअघि प्रशासन कार्यालयले सेवाग्राहीलाई सहजताका लागि आइतबारदेखि विद्युतीय टोकन प्रणाली पनि शुरु गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.