नागरिकतामा केरमेट गरी सातजनाले लिए वृद्धभत्ता

साउन ४, बुधबार २०७९

बैतडी – जिल्लामा सातजनाले जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिएको खलेको छ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीका अनुसार दशरथचन्द नगरपालिकाका सात जनाले नागरिकतामा आफैँले जन्ममिति बढाएर वृद्धभत्ता लिइरहेको खुलेको हो।

वडास्तरमा राष्ट्रिय परिचयपत्र विवरण संकलनको काम भइरहेको र विवरण दिँदा नागरिकता केरमेट गरेको पाइएपछि अनुसन्धान गर्दा सामाजिक सुरक्षा भत्ता अन्र्तगत वृद्धभत्ता लिने गरेको पाइएको हो।

बैतडीमा जन्मतिति बढाएर वृद्धभत्ता लिनेको संख्या २२ पुगेको छ। जन्ममिति सच्याएर कोहीले २०५२ सालदेखि त कोहीले २०७६ सालदेखि भत्ता खाइरहेका पाइएको छ।

जन्ममिति बढाएर सामाजिक सुरक्षा भत्ता लिनेहरुलाई सामाजिक सुरक्षा ऐन र नागरिकता ऐन अनुसार कारबाही हुने भारतीले बताए। नागरिकता केरमेट गरेको पाइएकोमा नागरिकता ऐनअन्तर्गत पनि कारबाही हुन्छ। ‘उमेर केरमेट गरी भत्ता लिनेहरूले अहिलेसम्म लिएको रकमको दोब्बर जरिवाना गराउनुका साथै नागरिकता ऐन अन्तर्गत कारबाही हुनेछ।’

दुई जनाले गरे फिर्ता

यसैबीच बैतडीमा उमेर बढाएर सामाजिक सुरक्षा भत्ता लिएका दुई जनाले भत्ता फिर्ता गरेका छन् । जिल्लाको डिलाशैनी गाउँपालिकाका एकजना र मेलौली नगरपालिकाका एकजनाले सामाजिक सुरक्षा भत्ता फिर्ता गरेको हो।

एकजनाबाट ८० र अर्कोबाट ८४ हजार भत्ता बुझेको दोब्बर रकम असुल गरिएको सूचना अधिकारी भारतीले बताए। एकजनाले भत्ता मात्रै फिर्ता गरेका छन् भने अर्का एकजनाले भत्ता सहित नागरिकता ऐन अनुसारको जरिवाना तिरेर नागरिकताको प्रतिलिपि लिएका छन्।
विनोद सिंह विष्ट…….

Leave A Reply

Your email address will not be published.