दिपक राज दिर्घायु
श्रावण ०४ बुधबार,२०७९
बैतडी–समाजसेबि भोज राज भट्टले आफनो जन्मदिनको अवशरमा सहयोगी हात समाज नेपाल सस्थालाई आर्थिक सहयोग गरेका छन । आज श्रावण ०४ गतेका दिन परेको जन्मदिनको अवशरमा समाजसेबि भट्टले सहयोगी हात समाज नेपाललाइ ५ हजार ५ सय ५५ रुपैया आर्थिक सहयोग गरेका हुन ।
सहयोगी हात समाज नेपालका सचिव समेत रहेका भट्टले जन्मदिनमा गरिने फजुल खर्चलाई कटाएर आर्थिक सहयोग गरेका हुन ।
मेलौली नगरपालीका–०७ काणा निबासि भट्टको यो २७ औ जन्मदिन हो । बिगत लामो समयदेखि नै समाजसेवामा सक्रिय रहेका भट्ट समाजमा हुने अन्याय, अत्यचार, भ्रष्टचार, कुरिति, कुसस्कारमा आवाज उठाउदै आएका छन ।
सहयोगि हात समाज नेपालले, समाजिक, सास्कृतिक, बिभिन्न समस्यामा परेका ब्यक्तिहरुको लागि काम गर्ने गर्छ ।