आज पनि प्रतिनिधि सभाको बैठक बस्दै

मेलौली न्यूज
श्रावण ०५ बिहीबार,२०७९

काठमाडौं-प्रतिनिधिसभाको बैठक आज ९बिहिबार० पनि बस्ने भएको छ ।

बैठक आज दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने संसद सचिवालयले जनाएको हो। सोही बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘तथ्यांक विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सचिवालयले जनाएको छ।

ईमेजखबर अनलाईनबाट

Leave A Reply

Your email address will not be published.