दिपक राज दिर्घायु
श्रावण ०६ शुक्रबार,२०७९
बैतडी–आर्थिक अभावका कारण मेलौली नगरपालीका–०९ रोकटा तोलिगडाका जय बहादुर चन्दँको उपचारमा समस्या भएको छ । घरको आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा समस्या भएको उनका भतिजा जोगेन्द्र चन्दले बताए ।
श्रावण ५ गते बिहीबार बाख्रा चराउने क्रममा चन्द स्थानिय भैरो खोलाको भिरबाट लडेर गम्भीर घाईते भएका थिए । घाईतेको मेलौलीमा रहेको केशरपुर प्राथिमिक स्वस्थ्य केन्द्रमा उपचार सम्भब नभएपछि शुक्रबार डडेल्धुरा रेफर गरिएको छ ।
दैनिक ज्याला मजदुरी गरेर पनि बिहान बेलुकाको छाक टार्न मुस्किल भएका चन्दको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ । चन्दँको उपचारका लागि आर्थिक संकलन अभियान पनि सञ्चालन गरिने उनका भतिजा चन्दले बताए
घाईते चन्दको उपचारको लागि सहयोग गर्न चाहाने ईच्छुकहरुले इ–सेवा नम्बर–९८४०३४८१११ मा र सिभिल बैंकमा रहेको जोगेन्द बहादुर चन्दको खाता नम्बर–०३३१०५७५०६६०११ मा जम्मा गरि सहयोग गर्न सकिने जनाइएको छ ।