दिपक राज दिर्घायु
श्रावण ०६ शुक्रबार,२०७९
बैतडी–४० औँ वीपी स्मृति दिबसको अवशरमा मेलौलीको भगवति मन्दिरमा बृक्षारोपण गरिएको छ । नेपाली काँग्रेस वडा कार्य समिति मेलौली नगरपालीका–०१ ले मेलौलीको भगवति मन्दिर परिसर भित्र बृक्षारोपण गरेको हो ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला वीपीको ४० औँ स्मृति दिवसको अवशरमा ५–६ प्रजातिका बोटबिरुवाहरु मन्दिर परिसर भित्र रोपिएको नेपाली काँग्रेस वडा कार्य समितिका सचिब बिजय पोखरेलले बताए ।
बृक्षारोपण कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य, माहासमिति सदस्य एवम् नेपाली काँग्रेस मेलौली नगर कार्य समितिका निबर्तमान सभापति नरेश सिह बिष्ट, नेपाली काँग्रेस क्षेत्रिय प्रतिनिधि तथा निबर्तमान वडा अध्यक्ष सुरत सिह नेगि, तरुण दल मेलौली नगर कार्य समिति सचिब नरेश नायक लगायतहरुको उपस्थिति रहेको सचिब पोखरेलले बताए ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको थियो भने २०३९ साल साउन ६ गते निधन भएको थियो । २०१५ सालको संसदीय चुनावपछि २०१६ साल जेठमा उहाँ पहिलो निर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।