जन्मदिन मनाएर दुरुपयोग गरिदै नगर सभाहल, चारैतिर आलोचना

मेलौली न्यूज
श्रावण ०६ शुक्रबार,२०७९

बैतडी–मेलौली नगरपालीकाको सभाहलमा जनप्रतिनिधिहरुले आफ्नो जन्मदिन मनाउन थालेका छन । यसरि सरकारी कार्यालयको हलमा जनप्रतिनिधिहरुले जन्मदिन मनाएर नगर सभाहलको दुरुपयोग गरेको भन्दै चारैतिर आलोचना भईरहेको छ ।

गएको अषाढ ३२ गते शनिबार मेलौली नगरपालीका–०९ का वडा अध्यक्ष लोकराज भट्टले नगरपालिको सभाहलमा केक काटेर भब्य रुपमा जन्मदिन मनाएका थिए । उनको जन्मदिनमा नगर प्रमुख भिम बहादुर चन्द, उप प्रमुख पार्वती बोहरा बिष्ट, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकिय अधिकृतज जगदिश प्रशाद जोशि, पालिका कर्मचारिहरु सहभागि थिए ।

वडा अध्यक्ष भट्टको जन्मदिन सरकारी कार्यालयको हलमा मनाईएको भन्दै समाजिक सञ्जाल लगायत चारैचिर आलोचना भएको थियो । यसरि चारैतिर आलोचना भईसकेपछि अब उप्रान्त सरकारी कार्यालयको हल दुरुपयोग हुदैन कि भन्ने लागेको थियो । तर पालिकाले फेरी उहि गतिबिधि दोहर्याएको छ ।

श्रावण ६ गते शुक्रबार मेलौली नगरपालीका–४ का वडा अध्यक्ष हर्क बहादुर चन्दको जन्मदिन फेरी नगर सभाहलमै केट काटेर भब्य रुपमा मनाइएको छ । अध्यक्ष चन्दको जन्मदिनमा पनि जनप्रतिनिधि र नगरपालीकामा कार्यरत कर्मचारिहरु सरिक रहेका थिए ।

पछिल्लो समयमा मेलौली नगरपालीका बेला बेलामा बिबादमा आउने गरेको छ । केहि समय अगाढि मेलौली नगरपालीका–०१ का वडा अध्यक्ष बलत्कार आरोपमा मुछिएका थिए। वडा अध्यक्ष माथि बलत्कारको आरोप लागेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। उनि अहिले पनि प्रहरी हिरासतमै रहेका छन ।

यसैगरि मेलौली नगरपालीका–०७ ले ७० बर्षभन्दा माथिका बृद्धहरुको दौड प्रतियोगित राखेर बजेट छुट्याएपछि चारैतिर आलोचना र समाजिक सञ्जालमा भाईरल भएको थियो ।

यसैगरि नगर सभाहलमै जन्मदिन मनाउने मेलौली नगरपालीका–०४ का वडा अध्यक्ष हर्क बहादुर चन्दले बिना शिर्षकमा १ लाख बजेट छुट्याएपछि चारैतिर आलोेचना र समाजिक सञ्जालमा भाईरल भएको थियो । वडा अध्यक्ष चन्द २०७४ सालको निर्बाचनमा पनि वडा अध्यक्षमा निर्बाचित भएका थिए ।

यसैगरी मेलौली नगरपालीकाले कमिसन खाई बिद्यालयहरुलाई वाईफाई बितरण गरेको भनेर समाजिक सञ्जालमा लेखेको भन्दै ईश्वरि भट्ट नामक फेसबुक आईडिका ब्यक्तिप्रति नगर प्रमुख र प्रमुख प्रशासकिय अधिकृतद्धारा हस्ताक्षरित बिज्ञप्ती मार्फत आपत्ति जनाएको थियो ।

यसरि नै मेलौली नगरपालिकामा यि र यस्तै खालका गतिबिधि भईरहने हुन भने भोलीका दिनमा पालिकाको अवस्था कस्तो होला र यहाको जनताहरुले पालिकाबाट के आस गर्लान भन्ने प्रशन चारैतिर उब्जीएको छ ।

नगरपालिका र वडाका केहि अलोचित बिषयहरु

नगर सभाहलमा जन्मदिन मनाईएका केहि तस्बिरहरु

Leave A Reply

Your email address will not be published.